अस्ट्रेलियाको नेपालविरुद्ध २३ मिनेटमा ३ गोल


काठमाडौँ । अस्ट्रेलियाले नेपालविरुद्ध २३ मिनेटमा नै ३ गोल गरेको छ । विश्वकप छनोटमा जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अस्ट्रेलियाले नेपालविरुद्ध तीन गोल गरेको हो ।

घरेलु टोली अस्ट्रेलियाका जेमी म्याकलारेनले १९ मिनेट भित्र २ गोल गरे भने २३ मिनेटमा हृयारी सुटरले तेस्रो गोल गरेका छन् ।

खेल सुरु भएको ६ मिनेटमा नै गोल गरेर अग्रता लिएका थिए भने १९ मिनेटमा म्याकलारेनले पुनः. दोस्रो गोल गरे । हृयारी सुटरलेको गरेको गोलले ३–० गोलको अग्रता दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्