शुभकामना आदान प्रदान कार्यक्रमका लागि ओली आज विराटनगर आउँदै


विराटनगर, २२ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमवार) विराटनगर आउँदै छन् । नेकपा एमाले जिल्ला कमिटी मोरङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आज विराटनगरमा कार्यक्रमलाई संवोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले मोरङले जनाएको छ । 

ओली कार्यक्रम सकेर आजै आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्