‘मुन्दुम ट्रेल’ विदेशी पर्यटकको उत्कृष्ट पर्यटकीय स्थल


भोजपुर ।  नेपालले विश्वभर पर्यटन वर्ष २०२० को प्रचार गरी रहँदा भोजपुरको भ्रमणमा आएका अमेरिकन पर्यटकहरूलाई ‘मुन्दुम ट्रेल’ उत्कृष्ट स्थल भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका अमेरिकन पर्यटकहरूले नेपालको ४३ पर्यटक स्थल भ्रमण गरेको मध्य ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीनमा रहेको प्रतिक्रिया दिएका हुन ।

दश दिन सम्म ट्रेकिङमा गएका उनीहरूले मुन्दुम ट्रेल भित्र पर्ने मैयुङडाँडा, टेम्केडाँडा, हाँस पोखरी लगायतको भ्रमण गरेका थिए । मुन्दुम ट्रेल नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकीय क्षेत्रको सुचीमा छ । ट्रेकिङको लागि पहिलो पटक आएका सात विदेशी पर्यटक टेम्केमैयुङे गाउँपालिका मेयर स्वयमले बिदाइ गरेका छन् ।

बिदाइको लागि गाउँपालिकाले बिदाइ कार्यक्रमको आयोजना गरेको थियो । गाउँपालिका अध्यक्ष ध्रुवराज राईले आफ्नो गाउँपालिकाको पर्यटकीय स्थलको भ्रमण गरेकोमा विदेशी पर्यटकहरूलाई धन्यवाद प्रदान गरेका थिए । मुन्दुम ट्रेलको सुन्दरता बारे सात विदेशी पर्यटकबाट पनि प्रचार हुने आशा व्यक्त गर्दै उनीहरूलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्