साहित्यकार लीलबहादुर क्षेत्रीलाई ‘पद्मश्री’ सम्मान


बेलबारी, २३ कार्तिक । साहित्यकार लीलबहादुर क्षेत्री ‘पद्मश्री’बाट सम्मानित भएका छन् । नेपाली भाषा र साहित्यका क्षेत्रमा लामो समयदेखि साधनारत क्षेत्रीलाई उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई भारतको प्रतिष्ठित सम्मान ‘पद्मश्री’बाट सम्मानित गरेको हो । 

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन् । नेपाली साहित्यका उपन्यास, निबन्ध, कथा विधामा कलम चलाउने क्षेत्री भारतीय साहित्य एकेडेमी, जगदम्बा पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । 

बसाई उनको सर्वाधिक चर्चित कृति हो । भारतको असममा स्थायी रूपमा बसोबास गर्दै आएका साहित्यकार क्षेत्रीका ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, दोबाटो जस्ता महत्त्वपूर्ण कृतिहरू प्रकाशित छन् । 

प्रतिक्रिया दिनुहोस्