सिन्धुपाल्चोकमा दुर्घटनामा मृत्यु भएका ११ जनाको परिचय खुल्यो


काठमाडौँ, २५ असोज ।  शुक्रवार सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी मृत्यु भएका ११ जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखाल नगरपालिका ६ की सङ्गीता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिका–१० का रितेष आचार्य, सुवास अधिकारी, सुमित पुर्कुटी र मिना मगर, ललितपुर बस्ने इन्द्रावती गाउँपालिका–९ की समिता श्रेष्ठ र जुनादेवी लम्साल तथा मेलम्ची नगरपालिका १३ का अनुश तामाङ छन् ।

दुर्घटनामा घटनास्थलमै पाँच जनाको ज्यान गएको थियो भने उपचार गर्न अस्पताल लैजाँदै गर्दा एक जनाको र उपचारको क्रममा पाँच जनाको अस्पतालमा ज्यान गएको थियो । घाइते यात्रुहरूलाई बनेपाको शिर मेमोरियल अस्पताल, धुलिखेलको अस्पताल तथा काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रवार इन्द्रावती गाउँपालिका १० मा दुर्घटना हुँदा चालकसहित ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्