आज र भोली अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिने


काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको आगमनमा केही समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । सी आउने र जाने समयमा अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिने भएको हो ।

सीको आगमन र बिदाइमा उडान तथा अवतरण रोकिँदा ३३ वटा उडान तालिका परिवर्तन भएको छ । भिभिआइपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेबियासम्म छन् ।

चिनियाँ राष्ट्रपति सी आज शनिवार नेपाल आउँदै छन् । प्रवक्ता तिवारीका अनुसार, शनिवार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म भिआइपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन जारी गरिने सूचना Notam जारी गरिएको छ ।

भिआइपीको मुभमेन्ट सहज पार्न विमानस्थलले Notam जारी गरेर उडान तथा अवतरण स्थगित गर्दै आएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको आवागमन सहज पार्न यस पटक पनि विमानस्थलले उडान तथा अवतरण स्थगित गर्न लागेको हो ।

राष्ट्रपति सी शनिवार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ । प्रवक्ता तिवारीका अनुसार, शनिवार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म Notam जारी गरिएको छ । Notam भिआइपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन जारी गरिने सूचना हो ।

शनिवार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेबियासम्म छन् ।

राष्ट्रपति सी गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका रहेको छ । आइतबार बिहान पनि विमानस्थलको अन्तराष्ट्रिय उडान रोकिने भएको छ । आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तराष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीले जनाएका छन् । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।

भिआइपीको मुभमेन्ट सहज पार्न विमानस्थलले Notam जारी गरेर नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको आवागमन सहज पार्न यस पटक पनि विमानस्थलले उडान तथा अवतरण स्थगित गर्न लागेको हो । (अनलाइनखबरबाट)

प्रतिक्रिया दिनुहोस्