साहित्यकार विजय बजिमयको निधन


काठमाडौँ, २९ कार्तिक । साहित्यकार विजय बजिमयको निधन भएको छ । नेपाली साहित्यमा कविता तथा कथामा विधामा कलम चलाउने बजिमयको आइतवार काठमाडौँमा निधन भएको हो । 

वि.स. २०१४ साल चैत २३ गते पोखरामा जन्मिएका, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा पुरस्कृत समेत भएका बजिमय नेपाली साहित्यमा ३० र चालीसको दशकमा निकै सक्रिय स्रष्टाको रूपमा परिचित थिए ।

‘आँखीझ्याल’ गोजि पत्रिका सम्पादक तथा प्रकाशनसमेत रहेका बजिमयका कथा र कविताका पुस्तकहरू प्रकाशित छन् । उनी आजीवन अविवाहित रहेका थिए । स्व. बजिमयको आज अन्तेष्ठि गरिँदै छ ।  

प्रतिक्रिया दिनुहोस्