फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाद्वारा क्यान्सर पीडित विकासलाई रु.२५ हजार सहयोग


बेलबारी, कार्तिक २९ । फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर पीडित विकास गुरुङलाई उपचारार्थ रकम रु.२५ हजार प्रदान गरेको छ । सोमबार बेलबारी १ स्थित फेन्ड्रसीप बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी रु.२५ हजार रकम कोशी नेपाल मिडियाका अध्यक्ष अर्जुन कुलुङ राईलाई प्रदान गरेका हुन । 

फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन गुरुङले आर्थिक सहयोग हस्तान्तरण गर्दै विकासको स्वास्थ्यको सुधारको कामना गरेका छन् । उनलाई बचाउन आर्थिक सहयोगको लागि बेलबारीका स्थानीय सबैले सक्ने सहयोग गर्न आवश्यक रहेको मोहनले बताएका छन् ।

 
बेलबारी १ निवासी विकासको हाल भारतको डिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार गराई रहेका छन् । विकासको उपचारको लागि बेलबारीका संघ संस्था तथा स्थानीयबाट आर्थिक सहयोग निरन्तर छ । 

प्रतिक्रिया दिनुहोस्