पत्थरी शनिश्चरेका एक युवक लागूऔषधसिहत पक्राउ


काठमाडौँ, २५ असोज । मोरङ पत्थरी शनिश्चरे नगरपालिकाका एक युवकलाई लागूऔषधसिहत प्रहरीले पक्राउ गरेको छ । शनिवार काठमाडौँको चन्द्रागिरि नगरपालिका – २ नागढुंगाबाट युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका पत्थरी शनिश्चरे नगरपालिका – ४ स्थायी बसोबास गर्ने का २६ वर्षीय सन्दीप राईको साथमा ४ एम्पुल फेनारगन, ४ एम्पुल डाइजेपाम, ४ एम्पुल लुपिजेसिक र १३ थान सिरिन्ज बरामद गरेको छन् ।

काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना.६ ख. १९२७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सो परिमाणको लागू औषधसहित राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्