नारी स्रष्टा समाज प्रदेश–१ द्वारा तीन जना स्रष्टा सम्मानित


मोरङ,२ मङ्सिर । विराटनगरमा प्राज्ञ रमेश श्रेष्ठसहित तीन जना स्रष्टाहरू पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा पोखरेली साहित्यकार एवम् प्राज्ञ रमेश श्रेष्ठ, स्रष्टाहरू सुमन सौरभ र दीपक लोहनी रहेका छन् ।

नारी स्रष्टा समाज प्रदेश–१ ले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ती स्रष्टालाई पुरस्कृत गरेको संस्थाकी अध्यक्ष ममता मृदुलले जानकारी दिएकी छिन् ।


बुधवार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा आयोजित कार्यक्रममा पोखराका अग्रज साहित्यकार तथा कलाकार प्राज्ञ रमेश श्रेष्ठलाई ‘कविराज साहित्य सम्मान’, आख्यानकार सुमन सौरभलाई ‘मोहनलता स्रष्टा सम्मान’ र लघुकथाकार दीपक लोहनीलाई ‘हेमलता स्रष्टा सम्मान’ प्रदान गरेको छ । पुरस्कारको राशि जनही ११ हजारको रहेको छ । 

प्राज्ञ विवश पोखरेलको प्रमुख अतिथित्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, अग्रज साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, नाट्यकर्मी भरत गुरागाईँ, कवि लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, प्रिन्स प्रमोद ढकाललगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्