अमेरिकी सहायक विदेश मन्त्री लु नेपालमा


काठमाडौँ, २ मङ्सिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यतिखेर नेपालमा छन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने जिम्मेवारी पाएका लुले आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि बुधवार साँझ नेपाल आइपुगेका लुले आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको अवलोकन गर्ने उद्देश्यले नेपाल नेपाल भ्रमणमा आएका लुले भोलि (शुक्रवार) परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

साथै आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्