मिर्गौलाका बिरामी सोमबहादुर श्रेष्ठलाई लोहनी कित्ता टोलवासीद्वारा रु.४२ हजार सहयोग


बेलबारी, ३ मङ्सिर। मिर्गौलाका बिरामी सोमबहादुर श्रेष्ठलाई बेलबारी नगरपालिका वडा नं. १ को लोहनी कित्ता टोलका टोलवासीले उपचारार्थ रकम रु.४२ हजार ३ सय ९५ रुपैयाँ सहयोग प्रदान गरेको छ । बिहीबार उनकै घरमा पुगेर स्थानीयले बेलबारी.१ निवासी श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेको हो ।

श्रेष्ठ करिब डेढ वर्ष देखी उनी मिर्गौलाको बिरामीबाट पीडित छन् । उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेको छ । अहिले उनी औषधीको भरमा बाचिरहेका छन् । उपचारको लागि पनि आर्थिक अभाव भए पछि सोमबहादुर श्रेष्ठले सहयोगको अपिल गरेका छन् । सोमनाथले आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै थप सहयोग गर्न आग्रह पनि गरेका छन् । उनी लोहनी कित्ता टोल विकास संस्थाका अध्यक्ष पनि हुन । 

प्रतिक्रिया दिनुहोस्