बेलबारी १ वडा कार्यालयद्वारा दलित वर्ग उत्थान संघलाई नौमती बाजा हस्तान्तरण


बेलबारी, ३ मङ्सिर । बेलबारी नगरपालिकाको १ नं. वडा कार्यालयले दलित वर्ग उत्थान संघ बेलबारी १ लाई नौमती बाजा हस्तान्तरण गरेको छ । शुक्रवार वडा नं. १ का वडाध्यक्ष चक्र खुलालले दलित वर्ग उत्थान संघ बेलबारी १ लाई हस्तान्तरण गरेका हुन ।

सांस्कृतिक नौमती बाजा लोप हुने अवस्थामा पुगी रहेको बेला संरक्षणको लागि बेलबारी नगरपालिकाको योजना अनुसार वडा नं. १ वडा कार्यालयले पनि कार्यक्रम गरिरहेको अध्यक्ष चक्र खुलालले जनाएका छन् । बाजा हस्तान्तरण गर्दै दलित वर्ग उत्थान संघ बेलबारी १ लाई संरक्षण तथा सदुपयोग गर्न आग्रह पनि गरेका छन् । 

नगरपालिका तथा वडा कार्यालयको कार्यको प्रशंसा गर्दै दलित वर्ग उत्थान संघ बेलबारी १ का अध्यक्ष खड्का सुन्दासले वडा कार्यालयलाई धन्यवाद प्रदान गरेका छन् । कार्यक्रमको सञ्चालन वडा सदस्य बिन्दुकला गुरुङले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्