सुन्दरहरैँचाको खोर्सानेमा बस दुर्घटना हुँदा १८ जना घाइते


सुन्दरहरैँचा, ४ मङ्सिर । मोरङको सुन्दरहरैँचामा बस दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । सुन्दरहरैँचा १० स्थित खोर्साने बजारमा बिहानै सडकमा कुदिरहेको यात्रुवाहक बस एक्कासि रुखमा ठोकिँदा १८ जना घाइते भएका प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीले आज (शनिवार) बिहान करिब ४ बजेतिर पूर्वपश्चिम लोक मार्गमा पर्ने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४२०३ नम्बरको बस रुखमा ठोकिएर दुर्घटना भएको र दुर्घटनामा परेर १८ जना घाइते भएको जनाएको छ । दुर्घटना हुँदा बसमा २९ जना यात्रु सवार थिए । घाइतेको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको  इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुर्घटनामा परेर बसको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस्