काँग्रेसको मोरङ क्षेत्र नम्बर ३ (ख) मा जगतलाल चौधरी नेतृत्वको पूरै प्यानल विजयी


बेलबारी, ५ मङ्सिर । नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ (ख) मा कोइराला समूहको पूरै प्यानल विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा जगतलाल चौधरी नेतृत्वको कोइराला समूहको पूरै प्यानल विजयी भएको हो । 

उपसभापतिमा ओमप्रकाश मास्के र कल्पना क्षेत्री विजयी भएका छन् । त्यस्तै क्षेत्रीय सचिवमा कमल सुब्बा, जयप्रसाद सिटौला, सह–सचिवमा जनक खत्री र सम्पतलाल खवास निर्वाचित भएका छन् । 

महिला प्रदेश प्रतिनिधितर्फ अनिता देवी सिटौला, लीला राय, सुजु थापा पौड्याल निर्वाचित भएका छन् । त्यस्तै खुल्ला प्रदेश प्रतिनिधितर्फ प्रकाश श्रेष्ठ, बद्रीनारायण मण्डल, भिमबहादुर पाण्डे, मणि बहादुर पुलामी मगर, मित्रसेन योञ्जन, श्याम कुमार आचार्य, हरिबहादुर बस्नेत निर्वाचित भएका छन् । 

त्यस्तै आदिवासी जनजातिको प्रदेश प्रतिनिधितर्फ बलबहादुर राई र दलित प्रदेश प्रतिनिधितर्फ कुमारी दमाई निर्वाचित भएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्