बेलबारी २ मा नेकपा एसको वडा कमिटी गठन


बेलबारी, ५ मङ्सिर । सरोज चेम्जोङको अध्यक्षतामा बेलबारी नगरपालिका वडा नं २ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । शनिवार सम्पन्न भेलाले चेम्जोङको अध्यक्षतामा ५१ सदस्सीय वडा कमिटी गठन भएको हो ।

बेलबारी –२ लालभित्तीमा रहेको कबिर मन्दिरमा सम्पन्न भेलाले कमिटीको उपाध्यक्षमा मणिधन राई र गोपाल तामाङ चयन गरेको छ भने सचिवमा शान्ति देवी ढुङ्गाना, सहसचिवमा सुरेश श्रेष्ठ चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वा सांसद हर्कमान तामाङ, नेकपा एसका नगर अध्यक्ष भूपाल बस्नेत, कमल कोइराला लगायतको उपस्थिति रहेको थियो । 

साथै शनिवार नै नेकपा एसको २ नं वडा कर्यालयकोसमेत उद्घाटन भएको छ । 

प्रतिक्रिया दिनुहोस्