बेलबारीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता संचालन


बेलबारी, ६ मङ्सिर । बेलबारीमा प्रदेशस्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिता सुरु भएको छ । बेलबारी ८ मा रहेको सिंहदेवी फुटबल एकेडेमी बेलबारी ८ राधानगरको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

एम्ब्रियो फुटबल क्लबको खेलमैदानमा सञ्चालन भएको उक्त भलिबल प्रतियोगितामा प्रदेश नं १ का विभिन्न ८  वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।                                               

 मङ्सिर १० गतेसम्म रहने प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर प्याब्सन बेलबारीका अध्यक्ष भगवती प्रसाद काफ्ले, सिंहदेवी एकेडेमीका प्रिन्सिपल रविन थापा, एकता युवा समूह बेलबारीका अध्यक्ष अमिर मगर, भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाङ लगायतको सहभागिता रहेको थियो । 

आज सम्पन्न खेलमा Red Star पथरीले र कनकाई पब्लिक स्कुलले विजय हासिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्