बेलबारीमा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न


बेलबारी, ६ मङ्सिर । नेकपा एमाले बेलबारी नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका २३ जना भन्दा बढी कार्यकर्ताको प्रवेशसँगै एमालेको मंगलबारको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 

नेकपा एमाले बेलबारी नगर कमिटीका अध्यक्ष इरान राईले, माओवादी केन्द्रका अगुवा कार्यकर्ता साथै नेपाली काँग्रेसका क्रियाशील सदस्य एमालेमा प्रवेश गरेको बताएका छन् । अध्यक्ष इरान राईका अनुसार माओवादी केन्द्रका सक्रिय कार्यकर्ता पूर्व देवीझोडा, कसेनी, बेलबारी इलाका सेक्रेटरी गोपाल सुवेदी एमालेमा प्रवेश गरेका छन् । गोपाल सुवेदीले २०५८ सालमा माओवादी केन्द्रमा देवीझोडा, कसेनी, बेलबारी इलाका सेक्रेटरीको जिम्मेवारी समालेका थिए । 

गोपाल सुवेदीसँगै खड्गबहादुर खड्का, सरिता गौतम, तोसित सुवेदी लगायत १६ जना माओवादीका सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले बेलबारी नगर कमिटीका सचिव शंकर गुरुङले बताएका छन् । सचिव गुरुङका अनुसार ७ जना नेपाली काँग्रेसका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य डि.पी राई, प्रदेश कमिटी सदस्य तथा पूर्व सांसद मधु गुरुङ, प्रदेश कमिटी सदस्य तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्