लालभित्तीमा रहेको पन्चदीप सहकारीलाई नगरपालिकाद्वारा कार्यालय सामग्री वितरण


बेलबारी, ७ मङ्सिर । बेलबारी नगरपालिका वडा नं २  मा रहेको ‘पन्चदीप’ सहकारीलाई नगरपालिकाले कार्यालय प्रयोजनका सामग्री वितरण गरेको छ । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले आज (मङ्गलवार) सहकारीको टिमलाई आफ्नै कार्यकक्षमा ती सामग्री हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले उपलब्ध गराएका सामग्रीहरूमा पैसा गन्ने मेसिन, ल्यापटप, प्रिन्टर, स्टिल दराज लगायतका अति आवश्यक सामग्री रहेका छन् । ‘पन्चदीप’ सहकारीका अध्यक्ष लक्ष्मण जङ्ग थापाले सामग्रीहरु बुझ्दै संस्थालाई सामग्री उपलब्ध गराएकोमा नगरप्रमुखसहित नगरपालिकाको सिङ्गो टिमलाई धन्यवाद दिएका छन् । 

सामग्री हस्तान्तरण कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष एवम् नगर प्रवक्ता योगेन्द्र सुवेदीकोसमेत सहभागिता रहेको थियो ।                              

लालभित्तीमा रहेका गोल्डेन फ्यूचर, लालभित्ती, कबिर लगायतका पाँच वटा सहकारीहरू मर्ज भएर ‘पन्चदीप’ सहकारीको गठन भएको हो ।                      

प्रतिक्रिया दिनुहोस्