बेलबारी नगरपालिकाद्वारा सिलाइ मेसिन वितरण


बेलबारी, ७ मङ्सिर । बेलबारी नगरपालिकाले स्वरोजगारका माध्यमबाट स्वावलम्बन बनाउने अभिप्रायले गरिब तथा विपन्न महिलालाई सिलाइ मिसिन वितरण गरेको छ । बेलबारी नगरपालिका वडा नं १ को कार्यालयले वडाभित्र रहेका यस अघि नै सिप सिकेका ६ जना गरिब तथा विपन्न महिलालाई लुगा सिलाउने मेसिन वितरण गरेको वडा अध्यक्ष चक्रबहादुर खुलाले बताएका छन् ।                                 

तालिम लिएर आफै मेसिन खरिद गर्न नसकेका गरिब तथा विपन्न महिलालाई व्यवसाय विस्तारका लागि सजिलो होस् भनेर लुगा सिलाउने मेसिन वितरण गरिएको वडा सदस्य तथा नगर कार्यपालिका सदस्य विन्दुकला गुरुङले बताइन् । 

वडाको यो कार्यलाई स्थानीयले पनि महत्त्वपूर्ण रूपमा लिएका छन् । वडाबाट पाएको मेसिनको प्रयोगबाट आफूले व्यवसाय विस्तार गर्ने लक्ष लिएको सिलाइ मेसिन पाउनेमध्येकी मेनुका विष्टले बताइन् । 

प्रतिक्रिया दिनुहोस्