एमालेको ११ सदस्यीय अध्यक्ष मण्डल र सात सदस्सीय माइन्युट लेखन समिति गठन


काठमाडौँ, ८ मङ्सिर । नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनका लागि पार्टी अध्यक्ष ओली र उपाध्यक्ष रावलसहितको ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मङ्गलवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । 

अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओली, भीमबहादुर रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । 

साथै पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको माइन्युट लेखन कमिटी पनि बनाइएको छ ।यही १० गतेदेखि चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन हुँदै छ ।

१० देखि १२ गतेसम्म चल्ने एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको पनि छनोट धमाधम भइरहेको छ । यस पटकको महाधिवेशनमा तीन हजारको हाराहारीमा प्रतिनिधि सहभागी रहने छन् । यसअघि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भनिए पनि त्यसलाई बढाएर दुई हजार २ सय ७९ जना पुग्ने अनुमान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्