प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे


मोरङ, ८ मङ्सिर । माओवादी केन्द्रनिकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध रूपमा निर्वाचित भएका छन् । मङ्गलवार सम्पन्न प्रदेश अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्विरोध रूपमा निर्वाचित भएका हुन् ।


प्रेस सेन्टरको प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र  राजन राई निर्वाचित भएका छन् । साथै सचिवमा विदुर कटुवाल, घनेन्द्र केरुङ, गङ्गा राई, विशाल राई, शर्मिला बिक, प्रमोद यादव, चिरञ्जीवी घिमिरे चुनिएका छन् भने कोषाध्यक्षमा गोकुल पराजुली चुनिएका छन् । 

नव निर्वाचित प्रदेश समितिको सदस्यहरूमा मोहन भट्टराई, सुजता लिम्बू, एलिना दियाली, ब्रम्हलाल हजारी, प्रेक्षा राई मनिता, डाकमान राई, वीरबहादुर लिम्बू, आरपी भट्टराई, गोविन्द बस्नेत, रामचन्द्र बम्जम, अनिता लिम्बू, राजु पाठक, बिनु तिम्सिना, लिलाराज झापाली,  गजेन्द्र राई, सत्यनारायण शर्मा, गणेश तिम्सिना, जनक ढकाल, सञ्जय याखा, थिरलाल विश्वकर्मा, राजेश पराजुली, डिकेश लामा, सङ्गीता राई, रश्मि प्रधान, कृष्णजीत राई र सविना पाण्डे रहेका छन् ।  

त्यसैगरी प्रदेश कमिटीको लेखा समिति संयोजकमा सुरेश कार्की र अनुशासन समिति संयोजकमा ईश्वर थापा निर्वाचित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्