क्षेत्रीय अधिवेशनमा गणेशकुमार खड्काको अग्रता


बेलबारी, ८ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र न. ३ बाट क्षेत्रीय सभापतिमा गणेशकुमारको अग्रता कायम रहेको छ । सभापतिका उमेद्वार खड्काले १४३ मत प्राप्त गर्दा राजेन्द्रप्रसाद ढकालले १०३ मत प्राप्त गरेका छन् । २६३ मत गणना हुँदा खड्काले यति मत ल्याएका हुन् ।

त्यसैगरी सभापति पदका अर्का उमेद्वार केशव दुलालले ८ मत प्राप्त गरेका छन् । ५१९ मतदाता रहेकोमा ५११ मत खसेको थियो । मत गणना जारी रहेको छ । 

खड्का कोइराला प्यानलका नेता मानिन्छन् । मतगणनाको पछिल्लो परिणामलाई हेर्दा क्षेत्र र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलका उम्मेदवारहरूको अग्रता रहेको देखिन्छ । महाधिवेशन प्रतिनिधिमा ललितकुमार श्रेष्ठ , सूयर्मारान राई , सुनिल कुमार शर्मा . शेखरबहादुर थापा, मानबहादुर लिम्बू, वशन्त भट्टराई, लोकप्रसाद सङ्ग्रौला, राजकुमार लिम्बू , महुन्द्र सुवेदी र संजय भट्टराई  लगायतको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्