आन्दोलनरत न्यायाधीशहरूको प्रधानन्यायाधीशलाई ‘फुलकोर्ट’ बैठक बोलाउन आग्रह


काठमाडौँ, ८ मङ्सिर । सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘फुलकोर्ट’ बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज (बुधवार) बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले बिहिवार ‘फुलकोर्ट’ बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो ।

 
बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मङ्सिर १५ गतेदेखि गोला प्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको छ । यस अघि फुलकोर्ट बैठकले नियमावली र निर्देशिका पारित गरेको थियो । 

लामो समयदेखि सर्वोच्चका न्यायाधीशहरूले यो प्रणालीको माग गर्दै आएका थिए ।नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना र विरोध प्रदर्शन भइरेको छ ।

प्रतिक्रिया दिनुहोस्