मोरङको ३ न. क्षेत्रीय सभापतिमा खड्कासहित काँग्रेसको कोइराला समूहको पुरै प्यानल विजयी


बेलबारी, ९ मङ्सिर । नेपाली काँग्रेसको मोरङ क्षेत्र न. ३ को क्षेत्रीय सभापतिमा गणेशकुमार खड्का विजयी भएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट क्षेत्र न. ३ को सभापतिमा खड्का निर्वाचित भएका हुन् । 

बेलबारी १ मा रहेको तमु बौद्धिष्ट गुम्बामा भएको मतगणनामा खड्काले २५८ मत ल्याएर निर्वाचित हुँदा सभापतिका अर्का उमेद्वार राजेन्द्रप्रसाद ढकालले १९६ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापति पदका स्वतन्त्र उमेद्वार केशव दुलालले १५ मत प्राप्त गरेका छन् ।

क्षेत्रीय सचिवमा राजेन्द्रबहादुर अधिकारी र राजेश खत्री विजयी भएका छन् भने सहसचिवमा दिनेशकुमार सुवेदी र मोहन प्रसाद रिमाल विजयी भएका छन् । मोरङ क्षेत्र नं ३ मा ५१९ मतदाता रहेकोमा ५११ मत खसेको थियो ।

त्यसैगरी क्षेत्रीय र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्