एमालेको केन्द्रीय सदस्यमा बेलबारीबाट तीन जना आकाङ्क्षी


बेलबारी, ९ मङ्सिर । नेकपा एमालेको १० औँ अधिवेशनको तयारी भइरहँदा केन्द्रीय कमिटीमा जानेका आकाङ्क्षीहरू देखिन थालेका छन् । मङ्सिर १० देखि १२ सम्म चितवनमा हुँने केन्द्रीय महाधिवेशनमा बेलबारीबाट मात्रै तीन जना केन्द्रीय सदस्यका आकाङ्क्षी देखिएका छन् ।

 नेकपा एमालेको केन्द्रीय सदस्यको आकाङ्क्षी देखिनेहरूमा बेलबारीका दिलप्रसाद (डी.पी.) राई, ज्ञानेन्द्र सुवेदी र रत्न देबी गुरूङ (मधु) रहेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत केन्द्रीय कमिटीको सदस्य पदमा आफ्नो उमेद्वारी रहने भन्दै प्रतिनिधिहरूसँग सहयोगको अपेक्षासमेत गरेका छन् ।

आकाङ्क्षी तीनै जना नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् । गुरुङ संविधान सभा सदस्य हुन् भने सुवेदी बेलबारी नगरपालिकाका प्रमुख हुन् । 

प्रतिक्रिया दिनुहोस्