आउँदो चुनावमा नेकपा एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी


चितवन, १० मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा बहुमत ल्याउने अध्यक्ष ओलीले दाबी गरेका छन् । चितवनमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् पूर्वप्रधान मन्त्रीसमेत रहेका ओलीले उक्त कुरा बताएका हुन् । 
अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गर्दै आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् । 

अधिवेशनलाई सम्बोधन  गर्दै ओलीले भने ‘जनमत लिन खोज्दा हिजो दिइएन । असंवैधानिक तवरले आफूलाई हटाइयो । अब जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनु पर्छ । संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्न कालागि एमालेले बहुमत ल्याउनु पर्छ ।’

जनताका बिचमा जाऊँ भनेर आग्रह गर्दा आफूलाई हटाइएको उल्लेख गर्दै ओलीले अब आउने निर्वाचनमा एमाले ठूलो पार्टी भएर आउने बताए  । ओलीले एमाले ऐतिहासिक अभिभारा बोकेको पार्टी मात्र नभएर देशलाई परिवर्तन दिलाउने पार्टी भएकोले समृद्धिका नारालाई बहुमतको सरकार ल्याएर पुरा गर्ने  दाबी गरेका छन् । 

नेपाली काँग्रेसप्रति केही नरम देखिएका ओलीले एमालेबाट फुटेर गएको पार्टी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको भने खुलेर विरोध गरेका थिए ।आज शुक्रवार उद्घाटन भएको अधिवेशन १२ गतेसम्म चल्ने छ ।  

प्रतिक्रिया दिनुहोस्