‘लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्नेछौँ’ :ओली


चितवन, १० मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् । चितवनमा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले छिमेकसँग पारस्परिक संवादबाट समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दै उक्त भूभाग फिर्ता लिइछाड्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन ‘छिमेकसँगको समस्या पारस्परिक कुराकानीबाट समाधान गर्नेछौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौँ ।’ओलीले निर्वाचनको विकल्प नभएको बताउँदै आफूहरू चुनावको तयारीमा जाने बताए ।

उनले नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशनसमेत दिए । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्