भारतमा २२ वर्षीय एक नेपाली चेलीको हत्या


मोरङ, २७ असोज । दाइजोको कारण एक जना नेपाली चेलीको भारतमा हत्या भएको छ । भारतको जोगबनीस्थित भेडयारीमा २२ वर्षीय रञ्जना सहनीको हत्या भएको हो ।

विराटनगर महानगरपालिका–११ माइती भएकी रञ्जनाको दाइजोको कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले बताएका छन् ।

सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार रञ्जनाको शव फेला परेको छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । हत्या शुक्रवार भएको प्रहरीको अनुमान छ ।

अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीका अनुसार सासू र जेठानी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्