नेतृत्वका कारणले राप्रपा इतिहासमै कमजोर रहेको नेता लिंदेनको भनाइ


काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले राप्रपा इतिहासमै कमजोर रहेको बताएका छन् । पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधवार भृकुटीमण्डपमा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

नेता लिंदेनले यही ढङ्गले अघि बढिरहे राप्रपा अझै सकिने दाबी गरेका छन् । उनले संवोधन गर्दै भने ‘यही ढङ्गले राप्रपा अघि बढिरहे राप्रपा सकिन्छ र हामी पनि सकिन्छौँ । अब पार्टीलाई नयाँ रूपमा लैजाऔँ । राप्रपाको इतिहासमा हामीले जीवन रोज्ने कि मृत्यु रोज्ने ? बेला आइसकेको छ ।’

यही तरिकाले नेपालमा राजसंस्था र हिन्दु राज्य फर्किन नसक्ने बताउँदै नेता लिङ्देनले अध्यक्ष कमल थापाको कार्यशैलीबाट राप्रपा अघि बढिरहे पार नलाग्ने पनि उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्