राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्ने मात्र राष्ट्रवादी हुन्छ : सिपी मैनाली


काठमाडौँ, १५ मङ्सिर । नेकपा मालेका महासचिव सिपी मैनालीले राजा, देउवा, धर्म र कर्म मानेर राजनीति गर्ने मात्र राष्ट्रवादी हुने बताएका छन् । आज (बुधवार) देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा सम्बोधन गर्दै महासचिव मैनालीले उक्त विचार व्यक्त गरेका हुन् । 

उनले देशमा चार वटा प्रवृत्ति हाबी भएको उल्लेख गर्दै भने ‘राष्ट्रवादी त्यो हो जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीतिक गर्छ । राष्ट्रवाद राजनीति चार वटा प्रवृत्ति हाबी भएको छ, त्यसभित्र देशभक्त र विदेशभक्तहरू पनि छन् ।’ 

राजसंस्थाका कारणले विदेशी हस्तक्षेप रोकिएको तर पछिल्लो समय देशमा गणतन्त्र आए पछि वैदेशिक हस्तक्षेप बढेको आरोप लगाए । नेता मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिए । 

माओवादीले भनेको क्रान्तिपछि देशमा विदेशी हस्तक्षेप झन् धेरै बढेर गएकाले इतिहासको समीक्षा गर्ने बेला भएको मैनालीको भनाइ रहेको थियो । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले जनगणतन्त्र ल्याउन नसकेकामा कुनै पनि ग्लानी र पश्चाताप नभएकोमा भने आश्चर्य व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्