हिमपात पछि हुम्लामा हवाई उडान बन्द


हुम्ला, १७ मङ्सिर । हिमपात पछि हुम्ला सदरमुकाम सिमकोटमा हवाई उडान बन्द बन्द भएको छ । हिमपात भए पछि बिहीबार सिमकोट विमानस्थलबाट कुनै पनि उडान हुन सकेन । कुनै पनि विमान उडान तथा अवतरण नहुँदा यात्रुको बिचल्ली भएको छ ।

सिमकोटमा बिहीबार हिमवर्षासमेत भएको छ । हिमपातका कारण लिमी क्षेत्रका तीन वटा गाउँ जाङ, हल्जी र तिलाका नागरिकलाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न सकेका छैनन् ।

नाम्खा गाउँपालिका अध्यक्ष पाल्जोर लामाले हिमपातले चिसो अत्याधिक बढेको, चिसोले गर्दा स्थानीय बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको बताए । 

प्रतिक्रिया दिनुहोस्