कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


काठमाडौँ, १७ मङ्सिर । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज (शुक्रवार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बैठकले आज (शुक्रवार) नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । 

परीक्षा बोर्ड स्रोतले आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमति भएको बताएको छ ।कक्षा १२ को परीक्षा गएको ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण ढिलो गरी भएको कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

यस्तै कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नभएका विद्यार्थीका लागि पनि बोर्डले पुन : परीक्षा दिने व्यवस्था गरेको छ । यो परीक्षाको परीक्षाफल भने केही दिनमै प्रकाशन गरिने बोर्डले तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्