अख्न्ड भजनकीर्तन मण्डलीद्वारा बेलबारी ८ मा भजनकृतन कार्यक्रम गर्दै


बेलबारी, १७ मङ्सिर । बेलबारी नगरपालिका वडा नं. ८ मा अख्न्ड भजनकृतन मण्डलीले भजनकृतन कार्यक्रम सुरु गरेको छ । बाला चतुर्दशीको अवसरमा बिहीबारे देखी भजनकृतन सुरु भएको हो ।

आयोजकका अनुसार बिहीबार करिब दिउसो कबिर १ बजे देखी सुरु भएको भजनकृतन शुक्रवार १ बजे सम्पन्न हुने छ । हिन्द धर्मावलम्बीहरूले मनाउने बाला चतुर्दशी पर्वसँगै सुरु भएको २४ घण्टको अख्न्ड  भजनकृतन कार्यक्रम शतबीज छर्ने कार्यसँगै सम्पन्न हुने आयोजकले जनाएको छ ।

कार्यक्रम बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीद्वारा भगवान् राम र हरीको नाम जप गर्दै भजन सुरु गरिएको थियो । पराजुलीले शुभकामना प्रदान धर्म संस्कार भित्रको विकृतिलाई हटाउँदै समाज विकास गर्न पर्ने बताइन । धर्म प्रतिको आस्थाले समाजलाई सत्मार्ग मानिसलाई डोराउने हुनाले धार्मिक सांस्कृतिक कार्यक्रम आवश्यक रहेको बताइन । कार्यक्रममा ४ वटा भजन मण्डलीको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्