पूर्व राष्ट्रपति कारजाई भन्छन् ‘तालिबान हाम्रा दाजुभाइ हुन्’


काठमाडौँ, १७ मङ्सिर । अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले तालिबान आफ्ना दाजुभाइ भएको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले उक्त विचार व्यक्त गरेका हुन् । 

निवर्तमान राष्ट्रपति तथा उपराष्ट्रपति तालिबान राजधानी काबुलमा प्रवेश गर्ने बित्तिकै देश छाडेर भागे पनि मर्नुपर्ने देशमै मर्ने, आफू देश छाडेर कहीँ नजाने बताएका पूर्व राष्ट्रपति कारजाईले आगामी दिनमा तालिबानसँगै मिलेर काम गर्ने पनि बताएका छन् । 

उनले भने, ‘यो हाम्रो मुलुक हो र हामी यो माटोका सन्तान हौँ । हामीले यो माटो छाड्नु भन्दा पनि यसलाई राम्रो बनाउनु पर्छ । अफगानिस्तानका सबै मानिसले समस्या सामना गरेका छन् । तालिबानसँगको लडाइँको नाममा विदेशी शक्तिले यहाँ बम बर्साए । धेरै परिवार सखाप भए र अन्ततः अफगान नागरिकले नै समस्या झेलिरहेका छन् ।’

महिला शिक्षा र उनीहरूको रोजगारीका विषयलाई लिएर तालिबानप्रति विभिन्न आशंका उब्जिरहेको बेलामा पूर्व राष्ट्रपति कारजाईले महिला शिक्षा र रोजगारीको । साथै उनले सबै अफगान नागरिक अट्ने सरकार बनाउन प्रयास भइरहेको बताएकोले अमेरिका र उसका सहयोगी मुलुक अफगानिस्तानको सहयोगको लागि अगाडि आउनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्