राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


काठमाडौँ, १९ मङ्सिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । केही बेरअघि सकिएको मतगणनामा कमला थापालाई पराजित गर्दै अध्यक्षमा लिङ्देन विजयी भएका हुन् । आइतबार बिहान ३ बजेबाट सुरु भएको मत गणनामा थापाले एक हजार ६ सय १७ मत ल्याउँदा राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छ । 

शनिवार राति अबेरसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । चार सय १३ मत बदर भएको थियो । मतको अन्तिम परिणाम भने सार्वजनिक हुन हुने भने बाँकी नै रहेको बताइएको छ । 

उता अध्यक्षमा पराजित भए पछि कमल थापाले हार स्वीकार गर्दै नव निर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

२०३९ सालमा राजनीतिबाट राजनीतिमा प्रवेश गरेका लिङ्देन २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका भने २०७० सालको राप्रपा नेपालको अधिवेशनबाट महामन्त्री भए ।

राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देन शिक्षित एवम् युवा पुस्तामा लोकप्रिय नेता मानिन्छन् । 

प्रतिक्रिया दिनुहोस्