आज नारायणगोपाल स्मृति दिवसमा ‘नझरेका फुलहरू पलेँटी साँझ’ हुँदै


सुन्दरहरैचा, १८ मङ्सिर । नारायणगोपाल स्मृति दिवसको दिवसकोमा नझरेका फुलहरू पलेँटी साँझ तथा सम्मान कार्यक्रम आज हुने भएको छ । मङ्सिर १९ गते सुन्दरहरैचा नगरपालिका वडा नं. १० हरैँचामोडमा २४ औँ नझरेका  फुलहरू पलेँटी साँझ तथा सम्मान कार्यक्रम हुने भएको हो ।

आज आइतबार हुने कार्यक्रममा गायक तुलसी पराजुलीको प्रमुख प्रस्तुति रहने कार्यक्रमका संयोजक के.पी घिमिरेले जनाएका छन् । रेखा शाह र काव्य आचार्यको पनि प्रस्तुति रहने छ । 

आयोजकका अनुसार स्वर सम्राट् स्व.नारायणगोपालको गीत, गायक तुलसी पराजुलीको प्रस्तुति रहने छ । कार्यक्रममा संयोजक घिमिरेले गीत प्रेमी सबैलाई सहभागिताको लागि आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्