नागरिकमा नयाँ भेरियन्टको कोरोना देखिए पछि यात्रा नियमलाई कडाइ गर्दै अमेरिका


काठमाडौँ, १९ मङ्सिर । आफ्ना नागरिकमा नयाँ भेरियन्टको कोरोना देखिए पछि अमेरिकाले यात्रा नियमलाई कडा बनाएको छ । नयाँ नियम अनुसार आगामी मार्चसम्मका लागि सार्वजनिक स्थान, यातायात र हवाइ यातायातमा समेत मास्क अनिवार्य गरिएको छ ।

यस्तै अमेरिका बाट बाहिर जान चाहने यात्रुहरूले २४ घण्टा अगाडि कोरोना परीक्षण गरेको हुनुपर्ने छ । यस्तै स्वास्थ्य बिमा गरेकाहरूलाई निजी बिमा कम्पनीहरू मार्फत घरमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ भने इन्स्योरेन्स नगरेकाहरूलाई स्वास्थ्य चौकी र दुर्गम स्वास्थ्य केन्द्रहरूबाट घर घरमै परीक्षण गर्ने व्यवस्था पनि गरिएको छ ।

यस्तै पाका उमेरका नागरिकहरूलाई बुस्टर डोज लगाउने र खोप नलगाएकाहरूलाई खोप लगाउन प्रोत्साहित गरिने भएको छ । तर अमेरिकाले लकडाउन भने नगर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्