राप्रपाको महामन्त्रीमा अभिनेत्री रेखा थापा पराजित


काठमाडौँ, १९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदको निर्वाचनमा रेखा थापा पराजित भएकी छिन् । महिलातर्फको महामन्त्री पदमा कुन्तीकुमारी शाहीले अभिनेत्री समेतरहेकी रेखा थापालाई पराजित गरेकी हुन् । 

आइतबार आएको मत परिणाम अनुसार शाहीले ३६८ मतको अन्तरले थापालाई पराजित गरिन् । शाहीले २,००८ मत ल्याउँदा थापाले १,६४० मत मात्र प्राप्त गरिन् । 

शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लडेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्