प्रहरीकै सहयोगमा सुन तस्करी : तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ


काठमाडौँ, १९ मङ्सिर । प्रहरीकै सहयोगमा सुन तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । शुक्रवार तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ परे पछि उक्त रहस्य बाहिर आएको हो । 

लागू औषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी जवान केसीलाई तस्करीमा फेला पारिएको सुन गायब गर्न खोजेको आरोपमा पक्राउ गरिएको विमानस्थल सुरक्षा स्रोतले जनाएको दिएको छ ।पक्राउ परेका प्रहरी जवानले विदेशबाट आएका यात्रुको पास गराइदिने भन्दै लगेको सुन फिर्ता नदिएपछि घटना सार्वजनिक भएको थियो ।

ताप्लेजुङका दुर्गाधन लिम्बूले दुबईबाट ल्याएको ५० ग्रामको बाला भन्सार पार गरिदिने भन्दै लगेका जवान केसीले सुनको बाला फिर्ता नदिएपछि दुर्गाधनले विमानस्थल कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्