हेभेन्ली निर्भाणा पाथ मोरङद्वारा विश्व शान्ति पूजा सम्पन्न


बेलबारी, १८ मङ्सिर । हेभेन्ली निर्भाणा पाथ मोरङद्वारा विश्व शान्ति पूजा सम्पन्न भएको छ । शनिवार बेलबारी नगरपालिका वडा नं. ११ स्थित स्वर्गिक भवनमा पूजा सम्पन्न भएको हो । 

विश्व शान्ति पूजाबारे जानकारी गराउँदै स्वर्गिक मार्ग संघका महासचिव यादव राईले विश्व तथा मानिसलाई शान्ति प्रदान गर्न गरिएको बताए । नकारात्मक सोचको अन्त्य गर्दै सकारात्मक ऊर्जा र आध्यात्मिक सचेतना प्राप्ति हुने भएकोले पूजासँगै निर्भाणिक जलपान तथा प्रेमवादी भेटघाट कार्यक्रमको आयोजना गर्ने संस्कार रहेको महासचिव राई जनाए । 

महासचिव राईले कार्यक्रममा बोल्दै स्वर्गिक मार्गका संस्थापक गुरु ॐ नन्द गुरुको जीवनी बारे जानकारी गराएका थिए । प्रेमवाद दर्शनको विषयमा पनि जानकारी गराउँदै प्रेमवादी हुन प्रेरित गरेका थिए । हेभेन्ली निर्भाणा पाथलाई स्वर्गिक मार्ग संघ पनि भनिन्छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा लक्ष्मी सामुदायिक बन, बेलबारी ११ का अध्यक्ष सुजय गौतमले स्वर्गिक मार्ग संघको कार्यको प्रशंसा गर्दै, स्वर्गिक मार्गको धार्मिक बनको संरक्षण तथा संघको विकासको निम्ति आवश्यक सहयोग गर्ने बताएका छन् । स्वर्गिक मार्ग संघ मोरङका अध्यक्ष धनकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्