काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी


मोरङ, २० मङ्सिर । नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । १४ औ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत मत परिणाममा २ मतको अन्तरले थापाले अर्का प्रत्यासी गुरुराज घिमिरे हराउँदै सभापति पदमा विजयी भएका हुन् ।

थापाले ८ सय ४४ मत ल्याउँदा घिमिरेले ८ सय २ मत प्राप्त गरेका थिए । 

उपसभापतिमा रमेशजंग रायमाझी र टङ्कप्रसाद राई विजयी भएका छन् । महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा विजयी भएका छन् ।सह–महामन्त्री महिलामा प्रमीला गछदार विजयी भइन् भने सह–महामन्त्रीमा खड्ग फागो र विनोद कुमार बस्नेत विजयी भएका छन् । 

विजयी थापा सिटौलानिकट नेता मानिन्छन् । साथै कार्यसमितिको पदाधिकारीमा संस्थापन समूह (देउवा–सिटौला गठबन्धन) को वर्चस्व कायम देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्