भरुवा बन्दुक पड्कँदा तनहुँमा एक जना १७ वर्षीय किशोरको मृत्यु


तनहुँ, २० मङ्सिर । आफूले चलाएको भरुवा बन्दुक पड्केर गोली लाग्दा तनहुँमा  एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्ल गण्डकी नगरपालिका–१ का १७ वर्षका रोमित मल्ल रहेको प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी युवराज खड्काले घटनाको पुष्टि गर्दै भरुवा बन्दुक पड्केर गोली लाग्दा शुक्ल गण्डकी नगरपालिका–१ का १७ वर्षीय ती किशोर मृत्यु भएको बताएका छन् । भरुवा बन्दुक पड्केर मृत्यु भएको खबर प्राप्त भएको बताउँदै डिएसपी खड्काले आइतबार राति घटना भएको, प्रहरी पुगिसकेकोले विस्तृत जानकारी आउन बाँकी रहेको बताएका छन् ।

घटनास्थलमा प्रहरी पठाइसकेको पनि डिएसपी खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्