नेपालका दुई जनामा कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण पुष्टि


काठमाडौँ, २० मङ्सिर । नेपालमा पनि कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमवार) प्रेस मिटमार्फत उक्त कुराको पुष्टि गरेको हो । 

मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको बताएको छ । सङ्क्रमण देखिएका दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पिसिआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

दुवै जनामा गम्भीर लक्षण नदेखिए पनि उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्