जीप दुर्घटनामा परेर बैतडीमा नव दम्पतीसहित पाँच जनाको मृत्यु


बैतडी, २१ मङ्सिर । बैतडीमा जीप दुर्घटनामा परेर नव दम्पतीसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा नव दम्पती २४ वर्षीय प्रेम चुनारा र २० वर्षीय मनीषा विकसहित १३ वर्षीय बालक विनोद भट्टराई, ७२ वर्षीय रमा भट्टराई र ४० वर्षीय जानकारी भट्टराईले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।


मृतक नव दम्पतीको १० दिनअघि मात्रै विवाह भएको थियो । उनीहरू घरबाट दुल्हन फर्काउन माइती जाँदै गर्दा सोमबार साँझ दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीले पाटन बजारबाट कैलपाल हिँडेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटनामा परेको र उक्त दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको जनाएको छ ।  चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको अनुमान गरेको छ । दुर्घटनापछि चालक फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्