रेडियो सुसेली तथा सुधांशु साकाेसकाे अध्यक्षमा रमेश खड्का सर्वसम्मत निर्वाचित


सुन्दरहरैंचा, २१ मङ्सिर । सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको भवनमा रेडियो सुसेली तथा सुधांशु बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा रमेश खड्का सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन् । रेडियोको ११औँ तथा सहकारीको ९औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा भने नवराज चापागाईँ सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।

त्यसै गरी सदस्यहरूमा केशव अधिकारी, टीकाप्रसाद कट्टेल, ललितबहादुर श्रेष्ठ, कृष्णप्रसाद रिजाल, सन्तोष बान्तवा, राजाबाबु सुंवार, निरु बजगाईँ र सदस्य सचिवमा बाबुराम निरौला चयन भएका छन् । त्यस्तै संस्थाको लेखा समिति संयोजकमा सूर्य अधिकारी, निरोज गुरागाईँ तथा भुवन ढकाल निर्वाचित भए ।

निर्वाचित पदाधिकारीहरूको निर्वाचन समिति संयोजक रामप्रसाद गजुरेलले १० सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिमा सर्वसम्मत रूपमा नेतृत्वको निर्विरोध निर्वाचित भएको जानकारी दिए । नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिलाई संयोजक गजुरेलले शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझा थिए । कार्यक्रममा विशिष्ट अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,रेडियोका संस्थापक अध्यक्ष भोलेश्वर दुलाल, वडाध्यक्ष रोशनप्रसाद ढकाल लगायतले बाेलेका थिए । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रमेश खड्काले आ.व. २०७७/ ०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लेखा समिति संयोजक रेवन्त कार्कीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । समारोहमा व्यवस्थापक खडानन्द ढुंगानालाई उत्कृष्ट कर्मचारीको रूपमा नगद ५ हजार १ सय सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्