लालभित्ती फुटबल क्लबको अध्यक्षमा टंक लिम्बु


बेलबारी, २२ मङ्सिर । लालभित्ती फुटबल क्लबको अध्यक्षमा टंक लिम्बू चयन भएका छन् । आज (बुधवार) सम्पन्न साधारण सभाले लिम्बूको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समितिको चयन गरेको हो । 

कार्य समितिको वरिष्ट उपाध्यक्षमा निरु लिम्बू, उपाध्यक्षमा विनोद अधिकारी र सचिवमा ईन्द्रहाङ राई चयन भएका छन् । साथै समितिको सह सचिवमा सुस्मिता लिम्बू र कोषाध्यक्षमा सरोज बस्नेत चयन भएका छन् ।

अन्य सदस्यहरूमा दीपक लिम्बू, पर्वत लिम्बू, अमर बहादुर लिम्बू, भोलेश्वर लिम्बू, विमल राई र रनमाया तामाङ रहेका छन् ।        

प्रतिक्रिया दिनुहोस्