हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावत दम्पतीको मृत्यु


नयाँ दिल्ली, २३ मङ्सिर । हेलिकोप्टर दुर्घटनामा परेर भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावत र उनकी पत्नीको मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावत दम्पतीको मृत्यु भएको बताएको छ ।

 
भारतीय सेनाको एमआई–१७ भी ५ हेलिकोप्टर दुर्घटना हुँदा रावतसहित उनकी र पत्नी मधुलिका र थप ११ जनाको निधन भएको पुष्टि गरेको छ । हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ । भने १ जना सैनिकको उपचार भइरहेको बताइएको छ । 

रावत सवार हेलिकोप्टर बुधवार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा अस्पतालमै उनको निधन भएको बताइएको हो । 

प्रतिक्रिया दिनुहोस्