बालिका बलात्कार गर्ने खाँदबारीका युवकलाई १८ वर्ष कैद सजाय


सङ्खुवासभा, २३ मङ्सिर । १३ वर्षीय बालिका बलात्कार गर्ने सङ्खुवासभाका एक जना युवकलाई अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ ।खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समीर बर्देवालाई जिल्ला अदालत सङ्खुवासभाले १८ वर्ष कैद सजायको फैसला गरेको हो ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईँले बताए ।

पीडित बालिकाका आफन्तले गत वैशाखमा बर्देवाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्