कोरोनाको नयाँ भेरियन्ट भित्रिन नदिन प्रदेश सरकार तयारीमा छ : समन्त्री यादव


मोरङ, २३ मङ्सिर । प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन प्रदेश सरकार लागिरहेको बताएका छन् । आज (बिहीवार) विराटनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबिच गरिएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।

उनले प्रदेश १ का १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बेडहरू थप गरिएकोसमेत जानकारी गराए ।

साथै मन्त्री यादवले सबैलाई कोरोना सङ्क्रमण हुन नदिन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन पनि आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्